• iconGhorahi-14, Dang
  • iconinfo@jjvm.edu.np

Qualitative Education is Today's Necessity

Star English Boarding School

icon

Call us for inquiry

9844995572

साउदी अरबले नेपालसँग अनुमति नलिई कामदारको बायोमेट्रिक लिन थाल्यो

Blog Details

साउदी अरबले नेपालसँग अनुमति नलिई कामदारको बायोमेट्रिक लिन थाल्यो

काठमाडौँ — साउदी अरबले नेपालसँग सहमति नलिई साउदी अरब जाने कामदारको बायोमट्रिक (औंठा छाप) सोमबारदेखि सुरु गरेको छ । यसका लागि काठमाडौंको थापाथलीमा बायोमेट्रिक लिने संयन्त्र खडा गरेको छ । बायोमेट्रिकका लागि कामदारले ७ सय ३० रुपैयाँ शुल्क बुझाउनुपर्छ । साउदी अरबले नेपालसँग अनुमति नलिई कामदारको बायोमेट्रिक लिन थाल्यो काठमाडौंस्थित साउदी अरब दूतावासले बायोमेट्रिक नभएको कामदारको राहदानी नलिने भन्दै म्यानपावर कम्पनीहरूलाई अनिवार्य कामदारलाई बायोमेट्रिक लिन पठाउन सूचना जारी गरेको छ । साउदीले यसबारे परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कुनै जानकारी दिइएको छैन । श्रम मन्त्रालयले यसबारे गम्भीर ध्यानाकर्षण जनाएको छ । ‘पुस १६ देखि साउदी अरबमा नेपाली कामदार पठाउँदा बायोमेट्रिक गर्नुपर्ने व्यवस्था लागू गर्न लागेको भन्ने सूचनाको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ । यसले कामदारको लागत समेत बढ्न जाने भएकोले यस मन्त्रालयसँग थप छलफल गरेर मात्र कार्यान्वयनमा लैजाने विषयमा परराष्ट्र मन्त्रालयमार्फत साउदी अरबको नेपालस्थित दूतावासमा सञ्चार गरिदिनुहन अनुरोध छ,’ श्रम मन्त्रालयद्वारा परराष्ट्रमा पठाइएको पत्रमा उल्लेख छ । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालको सहमतिविपरीत एकतर्फी रूपमा बायोमेट्रिक गरेको भन्दै थापाथलीस्थित भीएसएफ(तसहेर) कम्पनीमा सोमबार घेराउ गरेको छ । व्यवसायीहरूले बायोमेट्रिक गर्न आएका कामदारलाई कार्यालयभित्र प्रवेश गर्न दिएका थिएनन् । संघका अध्यक्ष राजेन्द्र भण्डारीले दूतावासले कामदारलाई अनावश्यक रूपमा भार पार्ने काम गरेको बताए । उनले कामदारको स्वास्थ्य परीक्षण भइसकेपछि औंठाछाप लिने कार्य कामदारसँग पैसा उठाउने उद्देश्यबाट मात्रै प्रेरित भएको बताए । साउदी अरबमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न साउदी सरकारले नेपालमा १३ वटा स्वास्थ्य संस्थालाई जिम्मेवारी दिएको छ । ती स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेको रिपोर्ट आएपछि मात्रै भिसा प्रक्रिया अगाडि बढ्नेछ । ‘साउदीलाई कामदारको औंठा छाप लिन अनिवार्य भएको भए साउदीको आधिकारिक रूपमा स्वास्थ्य परीक्षण गर्ने संस्थाबाट गर्नुपर्छ । यो नि:शुल्क हुनुपर्छ । स्वास्थ्य परीक्षण भइसकेपछि फेरि औंठा छाप लिनु भनेको कामदारलाई आर्थिक भार पार्ने र पैसा उठाउने नियत मात्रै हो,’ उनले भने । संघका अनुसार साउदीले भारत, बंगलादेशलगायत स्रोत देशमा यस्तो व्यवस्था गरेको छैन । ‘कतारको पनि नेपालमा भिसा सेन्टर छ । कतारले नेपालसँग अनुमति लिएर मात्रै भिसा सेन्टर राखेको छ । यो सेन्टरले कामदारको स्वास्थ्य परीक्षण नि:शुल्क गर्छ । मलेसियाले पनि नेपालमा स्वास्थ्य परिक्षण गर्ने वेला नै नि:शुल्क बायोमेट्रिक गरिदिन्छ,’ अध्यक्ष भण्डारीले भने । संघले म्यानपावर व्यवसायीहरूलाई बायोमेट्रिकका लागि कामदारलाई नपठाउन अनुरोध गरेको छ । यसबारे काठमाडौंस्थित साउदी दूतावासले प्रतिक्रिया जनाएको छैन ।

Comment (1)

  • Reviews
    Bimal Bishwokarma
    Jan. 1, 2024, 4:03 p.m.

    ramro nai xa bhai


Leave a comment

Only logged in user can post comment.